उपराष्ट्रपतिका उम्मेदवार प्रमिलाले गर्नुभयो यादवलाई समर्थन

काठमाडौँ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएकी जनता समाजवादीका नेता प्रमिला कुमारीले सोही पार्टीका उपराष्ट्रपतिका अर्का उम्मेदवार रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै आफु उम्मेदवार नरहेको प्रष्ट पार्नुभएको छ ।
राष्ट्रिय सभा सदस्य समेत रहनुभएकी नेता प्रमिलाले आज एक विज्ञप्ति जारी गर्दै प्राविधिक रुपमा आफ्नो नाम उम्मेदवारको सूचीमा रहे पनि आफूले उपराष्ट्रपतिका उम्मेदवार यादवलाई समर्थन जनाएको उल्लेख गर्नुभएको छ ।









प्रतिक्रिया राख्नुहोस्