नागरिक उन्मुक्ति पार्टी मधेस प्रदेशको अध्यक्षमा रामचन्द्र चौधरी निर्वाचित

बारा । नागरिक उन्मुक्ति पार्टीको मधेस प्रदेश कार्य समिति सर्व सहमत चयन भएको छ ।
पार्टीका केन्द्रिय सदस्य एवम् सङ्घीय सांसद लालवीर चौधरीको प्रमुख आतिथ्यमा बर्दिबासमा भएको बृहत् भेलाबाट प्रदेशको ३५ सदस्यीय कार्य समिति चयन भएको हो । समितिको अध्यक्षमा रामचन्द्र चौधरी, उपाध्यक्षहरूमा बिजेन्द्र चौधरी, सुरेन्द्र प्रसाद, उर्मिला महतो, सचिवमा अशोक श्रेष्ठ, सहसचिवमा रामअसिस चौधरी चयन हुनुभएको छ ।
समितिको सदस्यहरूमा भुवन प्रसाद चौधरी, अरुण चौधरी, सुनिता कुमारी चौधरी, सुरज चौधरी, नागेन्द्र यादव, धनञ्जय चौधरी, राजकपुर चौधरी, सुनिता देवी चौधरी, फिरोज अन्सारी, रामपृत महतो, दिनेश यादव, विनीता कामती चयन हुनु भएको हो । त्यसैगरि सदस्यहरूमा नै ज्ञानकला कुमारी यादव, भरत प्रसाद साह, श्रपिति भेडियर, रेणु चौधरी, लालबहादुर चौधरी, मनोहर सिह, शिवकलिया देवी सदा, भरतराय यादव, रामजी चौधरी, उपेन्द्र यादव, सुजता चौधरी, नागेन्द्र चौधरी, गणेश खा चौधरी चञ्चल चौधरी र उमेश प्रसाद जयसवाल सर्व सहमतिबाट मधेस प्रदेश कार्य समितिमा निर्वाचित हुनु भएका छन् ।
नव निर्वाचित कार्य समितिलाई बधाई दिँदै सङ्घीय सांसद चौधरीले पार्टीलाई राष्ट्रिय पार्टी बनाउनका लागि देशभरि सङ्गठन निर्माण गरि रहेको बताउँदै निष्ठापूर्वक लाग्नु पर्ने आग्रह गर्नुभएको थियो । लोकतन्त्रलाई संस्थागत गर्ने र देशमा रहेको बेतिथिलाई अन्त्य गर्दै विधिको शासन कायम गराउने दिशा तर्फ पार्टी अगाडी बढाउनेतिर लाग्नुपर्ने सबैलाई निर्देशन दिनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्