विश्वकप क्रिकेटमा छनौट भएका डुम्रेलाई नगरको सम्मान

नवलपरासी । सन २०२४ मा श्रीलङ्कामा आयोजना हुने अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि पश्चिम नवलपरासीबाट दिपक डुम्रे छनौट भएका छन् । नेपाली टिमबाट सहभागी भई श्रीलङ्कामा उनले आफ्नो खेल प्रस्तुत गर्नेछन् ।
बर्दघाट नगरपालिकाले उनलाई आज प्रमाणपत्र सहित सम्मान गरेको छ। नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरको मात्र नभै समग्र जिल्ला र देशकै नाम अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनका निम्ति सफलताको शुभकामना व्यक्त गर्नुभयो । नगरले खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखेर अघि बढिरहेको सन्दर्भमा दक्ष खेलाडी उत्पादनका निम्ति नगरका तर्फबाट भरपुर सहयोग हुने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
हाल नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल समेत नवलपरासी निवासी नै हुन । पश्चिम नवलपरासीबाट पछिल्लो समय खेलकुदका विभिन्न विद्यामा नयाँ खेलाडीहरू राष्ट्रिय टिममा पर्न सफल भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्