तपाईँ सुन्दै हुनुहुन्छः

छुवाछूत गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग

काठमाडौं । विभिन्न राजनीतिक दलनिकट भ्रातृ सङ्गठन र दलित सङ्घ÷संस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्वन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेका छन् ।

नेकपा माओवादी केन्द्रनिकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा सङ्घ, नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा एकीकृत समाजवादी निकट नेपाल दलितमुक्ति सङ्गठन र जातीय समता समाजलगायत दश वटा सङ्घरसंस्थाले आज संयुक्त विज्ञप्तिमार्फत सत्यतथ्य छानविन गरी घटनामा सङ्लग्न निजलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्न माग गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष यादवले आफ्नो आमाको निधनपछि १३औँ दिनको पुन्य तिथिको दिन यही फागुन २२ गते आयोजना गरिएको ‘कृया भोजमा’ दलित र गैरदलितको लागि अलगअलग साइन बोर्ड टाँसी अलग लाइन बनाएर दलित समुदायमाथि जातीय छुवाछूत तथा भेदभावको अमानवीय व्यवहार गरेको ती सङ्घरसङ्गठनको भनाइ छ ।

‘सार्वजनिक पदधारण गरका व्यक्ति उपस्थित भएको स्थानमा जातीय छुवाछूतलाई संस्थागतरुपमा संरक्षण गर्ने गरी घटाइएका यस घटनाको हामी घोर भत्र्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी राष्ट्रिय दलित आयोग र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानलगायतका दलित सङ्घ तथा सङ्गठनले पनि विज्ञप्ति जारी गरी सो घटनाको भत्सना गरेका छन् ।

ती सङ्घ–संस्थाले घटनाको स्थलगत अध्ययन गरी आवश्यक पहल गर्न राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार समुदाय तथा न्याय प्रेमी नागरिक समाजलाई अपिलसमेत गरेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button