मधेसमा आज पनि मनाइयाे होली

जनकपुरधाम । मधेसका जिल्लाहरूमा आज होरी (हाेली) पर्व हर्षोल्लासका साथ मनाइएकाे छ ।
प्राचीन मिथिला राजधानी जनकपुरधाममा शान्तिपूर्वक हर्षोल्लासमय वातावरणमा हाेरी पर्व मनाइएकाे हाे । होरीका अवसरमा जनकपुरधामका ठाउँ–ठाउँमा मटकाफोर कार्यक्रम आयाेजना गरियाे ।
मानिसहरूले समूहमा मिलेर होरी खेल्नुका साथै शुभकामना आदान प्रदान गरेका थिए । तराई मधेसका जिल्लाहरूमा हिजो पनि होरी मनाइएकाे थियाे ।








प्रतिक्रिया राख्नुहोस्