तपाईँ सुन्दै हुनुहुन्छः

तीन वर्षपछि यातायात व्यवस्था कार्यालयबाट सेवा

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालयले कार्यालय स्थापना भएको तीन वर्षपछिबाट सेवा सुरु गरेको छ । कार्यालय स्थापना गरेको ३ वर्षसम्म पनि बजेट तथा कर्मचारीको व्यवस्था नहुँदा उद्घाटन गरिएको बोर्ड बाहेकको अन्य सेवा प्रवाह हुन सकेको थिए । कार्यालय स्थापना भएको लामो समयसम्म पनि सेवा सुचारु नभएपछि नागरिक स्तरबाट पनि आलोचना भएको छ । 

तीन वर्षपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कार्यालयको सेवा उद्घाटन गर्नुभयो ।  रामप्रसाद शर्माको ब्लुबुक नवीकरण गरेसँगै सेवा सुचारु भएको हो । अहिले तत्कालका लागि कार्यालयबाट दर्ता, नामसारी, कर असुल, ब्लुबुक नवीकरण सेवा प्रवाह हुने कार्यालय प्रमुख आनन्द चपाइले जानकारी दिए । अहिले पनि कार्यालयमा प्राविधिक कर्मचारी छैनन् । प्राविधिक कर्मचारी आएमा सवारी सरुवा सहमति दर्ता, सवारी जाँच पास, रुट परमिट जारी, नवीकरण, अस्थायी रुट निर्धारण लगायतका सेवा प्रवाह हुने कार्यालय प्रमुख चपाइले बताउनुभयो । उहाँका अनुसार लाइसेन्स लगायतका सेवा भने ट्रायल सेन्टर बनेपछि प्रवाह हुने छन् । 

ट्रायल सेन्टर बनेपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी, नवीकरण लगायतका सेवा सुचारु हुने छन् । त्यस्तै विभागबाट कोड प्राप्त भएमा लाइसेन्स नवीकरण पहिला सुरु हुनसक्ने कार्यालयले बताएको छ । चौरजहारी नगरपालिका वडा नम्बर २ मा रहेको कार्यालयमा अहिले ७ जनाको दरबन्दी रहेको छ । तर अहिले कार्यालयमा अप्राविधिक ३ जना मात्र कर्मचारी रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button