तपाईँ सुन्दै हुनुहुन्छः

सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

इनरुवा। सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ३८७७ नम्बरको सिटी सफारीले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो ।

उपचारका क्रममा कार्कीको मृत्यु भएको र सफारी चालक टहरी–५ का ३५ वर्षीय सुरेश चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button