बालुवाटारमा माओवादी धारका पार्टीहरूको बैठक

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी धारका राजनीतिक दलहरूबीचको बैठक सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई,नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी , माओवादी केन्द्रका कृष्णबहादुर महरा, देव गुरुङ लगायतका नेताहरू सहभागी हुनुहुन्छ ।
यसअघि फागुन २१ मा माओवादी घटकका नेताहरू प्रचण्ड, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द लगायत एउटै मञ्चमा देखिनुभएको थियो ।
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको सो कार्यक्रममा नेताहरूले माओवादी घटकहरू मिल्नुको विकल्प नभएको बताउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्