तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जनकपुरधाम । धनुषामा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लक्ष्मीनियाँ गाउँपालिका–४ का मोटरसाइकल चालक वर्ष ४५ को रामएकबाल ठाकुर र मोटरसाइकलको पछाडि बसेका सोही ठाउँ बस्ने वर्ष ६० को सत्तो साह सुडी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

गए राति ज १ त ५२४५ नम्बरको ट्याक्टरमा ज १० प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button