तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा बँदेलको आक्रमणबाट एकजनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा जङ्गली बँदेलको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । अमरगढी नगरपालिका वडा नं ३ का ५२ वर्षीय गणेश पल्लेको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताउनु भयो।

पल्ले आइतबार बिहान बँदेलको आक्रमणमा घाइते हुनुभएकोमा उपचारका लागि डडेल्धुरा अस्पतालमा पुर्‍याउने क्रममा उहाँको मृत्यु भएको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button