तपाईँ सुन्दै हुनुहुन्छः

श्रीदेव भट्टराईलाई उत्कृष्ट मोडलको अवार्ड

काठमाडौँ ।  नायक श्रीदेव भट्टराईले ‘पीडा’ गीतबाट उत्कृष्ट मोडलको अवार्ड पाउनुभएको छ । 

वर्ल्ड वाइड मिडिया नेटवर्कको आयोजनामा तेस्रो ग्लोबल इन्टरनेशनल अवार्ड इजिप्टको कायरोस्थित होटल स्विस ईन नाईलमा भएको समारोहमा नेपाली कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्रीदेवले उक्त अवार्ड पाउनुभएको हो ।

इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालको प्रमुख आतिथ्यतामा आयोजित उक्त समारोहमा नेपालबाट उक्त अवार्ड समारोहका लागि छनोट हुनुभएका कलाकार, अभिनेता, सौन्दर्यविद्, समाजसेवी, व्यवसायी लगायतको उपस्थिति रहेको थियो । 

नेपालमा विभिन्न विधामा छनोट भई सम्मान प्राप्त गर्नेमा वरिष्ठ अधिवक्ता कलमबहादुर खत्री, वरिष्ठ सौन्दर्यविद् मनिषा जिसी, युवा समाजसेवी एवं व्यवसायी अनिल नगरकोटी, साहित्यकार राधादेवी भण्डारी, स्वास्थ्य व्यवसायी गोपाल खड्का तथा समाजसेवी ममता खत्री हुनुहुन्छ भने अन्य अवार्ड प्राप्त गर्न सफल लोक पप गायक सिताराम पोखरेल, गीतकारबाट आधुनिकतर्फ सीताराम कोइराला र आधुनिक महिला गीतकारबाट रिमा श्रेष्ठ, तामाङ सेलो ‘डेव्यु’ जसपाल पाख्रिन तामाङ, सङ्गीततर्फ सङ्गीतकार रविन्द्र पौड्याल, म्युजिक भिडियो निर्देशनबाट सोनाम पाख्रिन, लोक पप विधाको मोडलबाट प्रकाश श्रेष्ठ तथा उत्कृष्ट स्वास्थ्य व्यवसायीको रुपमा अनिल कुमार शर्मा हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button