सांसद रहमानको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत गरिएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मति रुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा)नेपालका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सदस्य रहनुभएकी रहमानको फागुन १३ गते ६३ वर्षको शनिबार हृदयाघातबाट निधन भएको थियो ।
उहाँले वञ्चितीकरणमा परेका समुदायको सशक्तीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।
दिवङ्गत सांसद रहमानको आत्माको चीर शान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारण गरिएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन १७ गते दिउँसो १ बजे बस्नेछ ।







प्रतिक्रिया राख्नुहोस्