कैलाली उद्योग वाणिज्य सङ्घद्वारा सङ्घर्षका कार्यक्रम घोषणा
धनगढी । बैङ्कहरूको चर्को ब्याजदर तथा राष्ट्र बैङ्कको अव्यवहारिक नीतिविरुद्ध कैलाली उद्योग वाणिज्य सङ्घले चरणबद्ध सङ्घर्ष (विरोध) का कार्यक्रम घोषणा गरेको छ । सङ्घले धनगढीमा आज पत्रकार सम्मेलन गरि विरोधका कार्यक्रम घोषणा गरेको हो ।

उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बढ्दो ब्याजदर लगायतले नीजि क्षेत्र धराशायी बन्ने अवस्था सृजना भएकाले सरकारलाई दबाब दिन सङ्घर्षमा उत्रिनु परेको बताउनुभयो । उहाँले भोलि फागुन १५ गते धनगढीमा बृहत् विरोध प्रदर्शन रहेको जानकारी दिनुभयो । यसैगरी प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म बजार, व्यवसाय बन्द गर्ने निर्णयमा संघ पुगेको उल्लेख गर्दै अध्यक्ष कुँवरले फागुन १८ गते व्यावसायीहरुले बैङ्किङ कारोबार नगर्ने नीति रहेको बताउनुभयो ।
ब्याजदर लगायत निजी क्षेत्रले भोग्नुपरेका समस्या समाधानका लागि पटक(पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको र संघका माग सम्बोधनका लागि आवश्यक पहल नगरिए चैत्र १ गतेदेखि सङ्घर्षका कार्यक्रम सशक्त बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्