‘धर्म र संस्कृति समाज विकासको आधार’
पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धर्म र संस्कृति समाज विकासको आधार भएको बताउनुभएको छ ।
पोखराको पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफा व्यवस्थापन समितिको २६ र २७ औँ साधारणसभा एवं १०औँ अधिवेशनको उद्घाटन गर्दै उहाँले धार्मिक एवं सांस्कृतिक माध्यमबाट पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “धार्मिक पर्यटन प्रवर्द्धनसँगै त्यसबाट हुने आम्दानीले समाजको शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको छ”, उहाँले भन्नुभयो, “यस्ता क्षेत्रको संरक्षण र विकासमा तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुको विकल्प छैन ।”
गुप्तेश्वर गुफाको आम्दानीबाट बहुमुखी क्याम्पस र गुरुकुल आश्रम सञ्चालन गर्नु समाज तथा राज्यका लागि महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले यसको भौगोलिक अवस्थाको अध्ययन अनुसन्धान गर्न पहल गर्ने विश्वास व्यक्त गनुभयो ।
प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले गुप्तेश्वर गुफा पर्यटकीय नगरी पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास भएको जनाउँदै आम्दानीबाट गुफाको विकाससँगै यस क्षेत्रको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्