तपाईँ सुन्दै हुनुहुन्छः

ज्यान सम्बन्धी मुद्दाका फरार कसुरदार १७ वर्ष ५ महिनापछि पक्राउ  

कञ्चनपुर । कञ्चनपुर प्रहरीले ज्यान सम्बन्धी मुद्दाका फरार कसुरदार एक जनालाई १७ वर्ष ५ महिनापछि पक्राउ गरेको छ । 

फरार प्रतिवादी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १४ बनकट्टी बस्ने ५८ वर्षीय हर्क बहादुर ऐडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताउनुभयो । 

२०६२ भदै २५ गतेका दिन करेन्ट लागि मृत्यु भवितव्यबाट कर्तव्य ज्यानमा परिणत मुद्दाका प्रतिवादी हर्क बहादुर ऐडी सोही मितिबाट फरार रहेका थिए । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनकै घर ठेगानामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी बिहीबार कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button