तपाईँ सुन्दै हुनुहुन्छः

तानसेनमा खानेपानी हाहाकार, उपभोक्ता धर्नामा

पाल्पा । हिउँद याम लाग्दै गर्दा पाल्पा सदरमुकाम तानसेनमा खानेपानीको हाहाकार भएको छ । तीन÷चार दिन बिराएर एक दिन घरमा आउने धारा पछिल्लो समय १०÷१५ दिनमा आउन थालेको उपभोक्ताको गुनासो छ । पानी हाहाकार भएपछि खानेपानी उपभोक्ता भने खानेपानी कार्यालयमा धर्नामा बस्न थालेका छन् । 

खानेपानी समितिको लापरवाहीले उपभोक्ताहरू खानेपानी जस्तो अनिवार्य आवश्यकताबाट वञ्चित भएकाले धर्नामा बस्नुपरेको तानसेन नगरपालिकाका कार्यपालिका सदस्य तथा उपभोक्ता दिनेश गन्धर्वले भन्नुभयो । उहाँले पटक पटक खानेपानी समस्याका बारेमा ध्यानाकर्षण गराउँदा समेत समस्या समाधान नभएपछि धर्ना बस्नुपरेको बताउनुभयो । 

तानसेनकी गृहिणी गंगा पौडेलले प्रत्येक महिना खानेपानीको बिल तिर्दै आएपनि पिउने पानी भने दुई सातासम्म नआएको दुखेसो गर्नुभयो । 

तानसेन खानेपानी उपभोक्ता समितिले बिद्युत् भोल्टेजको समस्याको कारणले गर्दा पानी वितरणमा समस्या आएको जनाएको छ । समितिले सूचना जारी गर्दै पानी वितरणमा समस्या आएको बताउँदै आएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button