छिटो छिटो राजनीतिक समीकरणहरू बदल्नु राम्रो होइन : भट्टराई

रुकुम पश्चिम । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालको राजनीतिमा छिटो छिटो राजनीतिक सत्ता समिकरण परिवर्तन गर्ने काम राम्रो नभएको बताउनुभएको छ ।
पटक पटक र छिटो छिटो राजनीतिक तथा सत्ता समीकरणहरू बदल्दा देशका अस्थिरता सृजना हुनुमा बल पुगेको उहाँको भनाई छ ।
पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रमका लागि रुकुम पश्चिमका आउनु भएका सचिव भट्टराईले प्रेस चौतारी नेपालले सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो कुरा बताउनुभएको हो । ‘सत्ता समीकरणहरू अली लामो योजना र लक्षका साथ बनाउनु पर्छ’ राष्ट्रपति निर्वाचनसम्म नेपालको सत्ता समिकरण फेरि नसक्ने सङ्केत गर्नुहुँदै उहाँले भन्नुभयो, ‘दुई महिना तीन महिना भएको छैन, अर्को सरकार र समिकरण बनाउने चलखेल हुदैछ, त्यसले मुलुकका अन्यौलता र अस्थिरतातर्फ लैजान्छ ।’
राष्ट्रपति निर्वाचनका सम्बन्धमा सत्ता साझेदार दलसँग यसअघि भएको सम्झौता र सहमति अनुसार नै हुनुपर्ने उहाँको भनाई छ । वर्तमान सत्ता समीकरणको भावना भन्दा बाहिर गएर राष्ट्रपतिको निर्वाचनमा प्रक्रिया अगाडि बढेमा एमाले सरकारबाट बाहिरिने समेत उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्