तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुराको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा जनशक्ति अभाव

डडेल्धुरा I डडेल्धुराको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा जनशक्ति अभाव रहेको छ। मुलुक सङ्घीयतामा गए संगैं जिल्ला पशुसेवा कार्यालय बाट भेटेरिनरी तथा पशुसेवा कार्यालयको रुपमा स्थापना भएको उक्त कार्यालयमा जनशक्ति अभाव रहेको कार्यालय प्रमुख देबराज भट्टले बताउनु भयो ।

वहाँका अनुसार अस्पताल भएर डाक्टर नहुनु र विज्ञ केन्द्र भएर बिज्ञनै नहुनुले कार्यसम्पादनका लागि समस्या भएको छ। अस्पताल तथा विज्ञ केन्द्र डडेल्धुरामा अहिले ६ देखी ७ जना जनशक्ति अभाव रहेको प्रमुख भट्टले बताउनु भयो । गाई, भैसि र बाख्रामा कृत्रिम गर्भाधान गर्ने कार्यक्रम भएपनि एकजना मात्र कर्मचारी हुंदा प्रभावकारी हुन सकेको छैन । कार्यालयमा डाक्टर नहुँदा पशुमा देखिने विभिन्न रोगहरूको अध्ययन तथा उपचार लगायत कार्यालय स्तरबाट प्राप्त हुने सेवा सुविधामा बाधा पुगेको छ भने विज्ञ नहुँदा योजना निमार्ण र अनुगमनमा समस्या भएको कार्यालयले जनाएको छ। 

कार्यालय प्रमुख भट्ट एक जना डाक्टर समेत डिस्पेन्सरीमा दुई जना ,तीन जना फिल्ड प्राविधिक र एक जना स्नातक स्तरको अधिकृतको माग पटक–पटक गरिएपनि पदपूर्ति हुन सकेको छैन ।

९ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा ५ वटा विज्ञ केन्द्र मात्रै छन्। डडेल्धुरामा रहेको विज्ञ केन्द्रले डोटी समेत हेर्नु परेको छ। प्रदेश मातहतमा रहेको उक्त कार्यालयमा चालु आर्थिक वर्षमा करिब एक सय जति योजनाहरू रहेकोमा अनुगमन गर्न भ्याई नभ्याई भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button