तपाईँ सुन्दै हुनुहुन्छः

अतिरिक्त समयमा काम गरे बापतको सेवा शुल्क नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा कार्यरत स्वास्थ्यकर्मीहरुले सार्वजनिक बिदा तथा अतिरिक्त समयमा काम गरेबापत पाउनुपर्ने सेवा शुल्क नपाएको गुनासो गरेका छन् । 

दुई बर्ष देखि अहिले सम्म सेवा शुल्क नपाएपछि सेवा प्रवाहमा पनि समस्या परेको सिनियर अनमी छैटौँ गंगा रेग्मीले बताउनुभयो  ।

परिवार र आफ्नो ज्यानको प्रवाह नगरी बिरामीको सेवा गर्दा पनि सुविधा नपाउँदा काम गर्ने जोश जाँगर हराएको उहाँले बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयमा हाल ८० जना स्वास्थ्यकर्मी र चिकित्सकहरू रहेका छन् । उनीहरूले दुई वर्षदेखि कुनै पनि सेवा शुल्क पाएका छैनन् । 

अस्पताल प्रशासन लाई पटक पटक आग्रह गर्दा पनि आश्वासन मात्र दिएको स्वास्थ्यकर्मीहरुले बताए । कर्मचारीलाई प्रोत्साहन गर्नुको साटो अस्पताल प्रशासनले बेवास्ता गरेको उनीहरूको आरोप छ । 

उता अस्पताल विकास समितिका अध्यक्ष डम्बर बहादुर सिंहले बजेटको अभावमा सेवा सुविधा दिन नसकिएको बताउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button