सवारी दुर्घटनामा एक जनाको मृत्यु
नवलपरासी । पश्चिम नवलपरासीको सुनवल परासी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ५ प ९६७ नम्बर आफै अनियन्त्रित भई गेटमा ठक्कर खादा रामग्राम नगरपालिका १४ रेक्सहवा बस्ने बर्ष ३५ को प्रदिप यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा घाइते भएका यादवको टाउकोमा गम्भीर चोट लागेको र उपचारका क्रममा जिल्ला अस्पताल परासीमा निधन भएको प्रहरीले बताएको छ।








प्रतिक्रिया राख्नुहोस्