तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभा बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज दिउसो बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै आजको लागि प्रदेशसभा बैठक आह्वान गरेको हो । बैठक आज दिउँसो २ः१० बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत माघ २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्नुभएपछि उहाँलाई धन्यवादको प्रस्ताव पारित गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक आज बस्न लागेको हो । आजको बैठकमा प्रदेश सरकारले जारी गरेका अध्यादेशहरूका प्रतिस्थापन विधेयकहरू पेश हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उक्त बैठकमा निजामती कर्मचारीसम्बन्धी २ वटा अध्यादेशका प्रतिस्थापन विधेयक संसद् बैठकमा पेश गरिनेछ । 

यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई जगाउन बनेको विधेयक पनि संसदमा पेश गरिनेछ । यसअघि राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधनसम्बन्धी अध्यादेश जारी गरेको थियो । सो अध्यादेशले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अलग गर्ने तयारी गरेपछि एमालेले विरोध गरेको थियो । उक्त अध्यादेश निष्क्रिय पार्न वर्तमान सरकारले विधेयक ल्याएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button