तपाईँ सुन्दै हुनुहुन्छः

गाजियाबादमा निर्माणाधीन भवन भत्किँदा दुईजना मजदुरको मृत्यु, आठ घाइते

गाजियाबाद। भारतको आइतबार उत्तर प्रदेशको गाजियाबाद जिल्लाको लोनी सहरको रूप नगर क्षेत्रमा कारखानाको निर्माणाधीन भवनको शटर भत्किँदा दुई मजदुरको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार निर्माणाधीन भवनको लिन्टर भत्किँदा १० देखि १५ जना मजदुर काम गरिरहेका थिए । प्रहरीका अनुसार दुर्गटनामा दुई जनाको मृत्यु  छ । साथै उक्त स्थलबाट हालसम्म १० जनालाई बाहिर निकालिएको छ भने आठ जना घाइते भएको पनि ग्रामीणका डीसीपी रवि कुमारले बताएका छन् ।

उनका अनुसार राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ) टोलीले तालिम प्राप्त कुकुर परिचालन गरी उद्धार कार्य जारी राखेको छ । एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button