भोजपुरी कला संस्कृतिको बारेमा प्रशिक्षण
पर्सा । नेपाल भोजपुरी समाजले वीरगञ्जको सिद्धार्थ मा वि मा भोजपुरी कला संस्कृतिको बारेमा प्रशिक्षण कार्यक्रम गरेको छ ।
समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुतले विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभएको हो । कार्यक्रममा समाजका सल्लाहाकार मनोज कुमार मिश्र, विद्यालयका प्र.अ अनिल वर्णवाल, सञ्चारकर्मी राज कुमार सरार्फको सहभागिता रहेको थियो ।

त्यस अवसरमा कक्षा ९ की छात्रा प्रीति कुमारी पटेल, विभा साह र किरण कुमारीले भोजपुरी मौलिक गीत सुनाएका थिए ।
समाजले प्रत्येक साताको शुक्रबार हरेक सामुदायिक विद्यालयमा सचेतना अभियान सञ्चालन गरिरहेको सचिव राजेन्द्र सिंह राजपुतले जानकारी दिनुभयो ।

सिद्धार्थ मा वि मा प्रशिक्षणपछि ११ सदस्यीय कमिटी बनाइएको छ । कक्षा ९ की छात्रा रुकसाना खातुनको संयोजकत्वमा गठन भएको कमिटीले भोजपुरी भाषा, साहित्यको बारेमा कलम चलाउने तथा विकृतिहरू उपर रचनात्मक काम गर्ने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्