काँग्रेसका वरिष्ठ नेता पौडेल र नेमकिपा अध्यक्ष बिजुक्छे भेटवार्ता

भक्तपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गर्नुभएको छ ।
वर्तमान नेपालको राजनीतिक घटनाक्रम र आसन्न राष्ट्रपति निर्वाचनको विषयमा दुई शीर्ष नेता बिच छलफल भएको भेटमा सहभागी नेपाल तरुण दलका पूर्व अध्यक्ष एवं भक्तपुरका काँग्रेस नेता विनोद प्रकाश कायस्थले बताउनुभयो।
वरिष्ठ नेता पौडेल भक्तपुर कमलबिनायक स्थित बिजुक्छे निवास आइपुग्नु भएको हो ।
फागुन २५ गते हुने निर्वाचनमा नेपाली काँग्रेसबाट राष्ट्रपति उम्मेदवारमा वरिष्ठ नेता पौडेल र कृष्ण सिटौलाको नाम चर्चामा रहेको छ ।
गत माघ ७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले बिजुक्छेसँग भेटवार्ता गर्नुभएको थियो ।
चाँगुनारायण मन्दिर दर्शनपछि राष्ट्रपति भण्डारी भक्तपुरस्थित बिजुक्छेको निवासमै पुगेर भेट गरेपछि राष्ट्रपतिका रूपमा बिजुक्छेको नाम पनि चर्चामा आउन थालेको छ ।
पौडेलले बिजुक्छेसँग यही चर्चा र काँग्रेसको उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा बिजुक्छेको साथ सहयोग जुटाउने सम्बन्धमा कुराकानी गर्नुभएको कायस्थले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्