मेयर कप फुटबल : दुहबी ८ द्वारा दुहबी ५ पराजित
सुनसरी । सुनसरीको दुहबीमा जारी पाँचौँ मेयर कप फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा वडा नम्बर ८ वडा नम्बर ५ लाई १–० गोल अन्तरले पराजित गर्दै पाचौं मेयर कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

वडा नम्बर ८ का खेलाडी विवेक मिश्रले खेलको २३ औँ मिनेटमा १ गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए ।
खेलको उत्कृष्ट खेलाडी दुहबी ८ का विवेक मिश्रलाई खेलका प्रमुख अतिथि दुहबी नगरपालिकाका वडा नम्बर ८ का अध्यक्ष तारिक चन्द सरदार र ५ का वडा अध्यक्ष रमेश रौनियारले २ हजार नगद तथा मेडल प्रदान गर्नुभयो ।

भोलि ४ गते बुधवारको खेल वडा नम्बर २ र वडा नम्बर ३ बिच हुने आयोजकले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्