तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकाको सार्वजनिक सवारी बन्दको कार्यक्रम फिर्ता

काठमाडौँ । नेपाल सरकार र यातायात व्यवसायीबीच भएको वार्ता सकारात्मक भएपछि यातायात बन्द फिर्ता भएको छ ।

आज सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र यातायात मजदुरहरुबीच भएको वार्ताबाट यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको हो ।

ट्राफिक जरिवाना घटाउनु पर्नेसहित विभिन्न १० बुँदे माग राख्दै यातायात मजदुरले हिजो गोङ्गबु बसपार्क क्षेत्रमा आगजनी तथा तोडफोडसहित आन्दोलन गरेका थिए ।

तीनवटा मजदुर संगठनले आज सवारी साधन नचलाउने निर्णय गरेपछि उनीहरूलाई वार्तामा बोलाएको थियो ।

वार्तामा मजदुरका माग सम्बोधनका लागि यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतम नेतृत्वको कार्यदलले ११ गतेभित्र आवश्यक छानबिन गरेर सुझाव दिने सहमति भएको छ ।

वार्तामा यातायात मजदुरलाई कुटपिट गर्नेहरूमाथि कारबाही गर्ने, नयाँ बसपार्कको व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका संचालकले ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानबिन गर्ने सहमती भएको छ ।

मजदुर संगठनको हडतालपछि काठमाडौँ उपत्यकामा विहानदेखि सार्वजनिक सवारी चल्न नसकेपनि वार्तापछि भने यातायात चल्न सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button