परराष्ट्र मन्त्रीसँग विभिन्न देशका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत Sung Min JANG ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

आज मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको छ ।
यस अवसरमा परराष्ट्र मन्त्री पौड्यालले गणतन्त्र कोरिया र नेपालबिचको घनिष्ठ सम्बन्ध रहेकाले शिक्षा, स्वास्थ्य, पर्यटन, बौद्ध दर्शन र सांस्कृतिक आदानप्रदान लगायतका क्षेत्रमा सहकार्य अघि बढाउन आग्रह कोरिया सरकारलाई गर्नुभयो ।
भेटवार्तामा राजदूत Sung ले इपिएसअन्तर्गत १५ हजार भन्दा बढी नेपाली कोरियामा रोजगारीमा रहेको उल्लेख गर्नुहुँदै नेपालीको परिश्रमबाट कोरियन सरकार प्रभावित रहेको बताउनुभयो ।
उहाँले परराष्ट्रमन्त्री पौड्याललाई कोरियाका लगानीकर्ता नेपालमा लगानी गर्न थप इच्छुक रहेको अवगत पनि गराउनुभयो ।
पररष्ट्रमन्त्रीसँग कतारका राजदूत भेट
आजै परराष्ट्रमन्त्री पौड्यालसँग नेपालका लागि कतारका राजदूत (Yousuf Bin Mohammed AL Hail) युसुफ बिन मोहम्मद अलि हालले शिष्टाचार भेट गर्नुभएको छ ।

भेटवार्तामा दुई देशबीचको आपसी हितका विविध पक्षमा छलफल भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्