तपाईँ सुन्दै हुनुहुन्छः

सङ्कटा वाइन एण्ड बेवरेजको ट्रेड पार्टनर मिट सम्पन्न

काठमाडौं । सङ्कटा वाइन एण्ड बेवरेजको ट्रेड पार्टनर मिट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल कार्कीले वाइन बन्ने प्रक्रिया, क्यानभासको व्राण्डिङ र कम्पनीको स्लोगन ‘पेन्ट योर रोमान्स’ बारेमा जानकारी दिनुभयो ।

‘संसारभरी अङ्गुरबाट बनेको अल्कोहोविक बेभरेजलाई मात्र वाइन भन्ने मान्यता रहिआएको छ । क्यानभास वाइन नितान्त अङ्गुरबाट बन्ने गरेको छ,’ उहाँले भन्नुभयो । क्यानभास वाइन नेपालमै बनेको भए पनि विदेशी वाइनकै गुणस्तरको रहेको र विदेश निर्यातयोग्य भएको कार्कीको दाबी छ ।

कम्पनीका बिक्री तथा मार्केटिङ प्रमुख आंशिक अधिकारीले कम्पनीले निकट भविष्यमा नै स्वदेशी वाइनलाई विदेश निर्यात गर्नेतर्फ अग्रसर भइरहेको बताउनुभयो ।

क्यानभासले नेपालको वाइन उद्योगमध्ये ३० प्रतिशत हिस्सा ओगटेको अधिकारीको दाबी छ । सरकारीले बर्सेनि मदिराजन्य पदार्थमा उच्च कर लगाएकाले मदिरा व्यवसाय सङ्कटमा पर्दै आइरहेको मदिरा व्यवसायी महासघंका अध्यक्ष सोनाम शेर्पाले बताउनुभयो ।

सन् २०१६ मा स्थापना भएको सङ्कटा वाइन एण्ड बेवरेजले हाल स्वदेशी प्रिमियम सेग्मेन्टमा बजारको अधिकतम हिस्सा ओगटेको बताइन्छ । कम्पनी काभ्रेपलाञ्चोकको नालामा अवस्थित छ, जसमा प्रत्यक्ष रूपमा डेढ सय भन्दा धेरै कर्मचारीले रोजगारी पाइरहनुभएको छ ।

कम्पनीले ४३ करोड रुपैयाँ लगानी गरेको कार्कीले जानकारी दिनुभयो । कम्पनीले नेपाल भर ७५ वटा वितरक सञ्जाल बनाइसकेको छ । थप वितरकहरू बढाउने क्रममा छ । कम्पनीको उत्पादन क्षमता दैनिक १० हजार लिटर वाइन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button