प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजका सम्बन्धमा सरोकारवालहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेटा मेडिकल कलेजका बारेमा आज सुदूरपश्चिम क्षेत्रका पूर्व तथा बहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिवसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताउनुभयो ।

“यो सुदूरपश्चिम र सिङ्गो नेपालकै लागि निकै ठूलो गर्व र खुसीको कुरा हो । नेपालमा आजसम्म पनि स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टीकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पुरा गर्ने सबैले विश्वास लिएका छौँ ।” प्रधानमन्त्री दाहालले भन्नुभयो ।









प्रतिक्रिया राख्नुहोस्