पोखरा, लेक साइडको सेलवेज टावरमा आगलागी
कास्की । पोखरास्थित लेक साइडको सेलवेज टावरमा आगलागी भएको छ ।
लेक साइड हल्लन चोकमा रहेको सेलवेज टावरका अन्डरग्राउन्डमा विद्युत् सर्ट भई आगलागी हुँदा त्यहाँ भएका पसल तथा रेष्टुरेन्टमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका हरि पौडेलका अनुसार आगो नियन्त्रण लिने प्रयास भइरहेको छ ।

क्षतिको विवरण करोडभन्दा माथि नै आउने प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट सेलवेज डिपार्टमेण्टल स्टोर्स, हिमालयन जाभाको स्टोर्स र अन्य ट्रेकिङ पसलको गोदाममा आगालागि भएको हो । करिब ५ बजे भएको आगलागी नियन्त्रणका प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्