तपाईँ सुन्दै हुनुहुन्छः

वामपन्थी पार्टीबिच एकताबारे छलफल

काठमाडौँ । विभिन्न वामपन्थी राजनीतिक पार्टीबिच एकताबारे छलफल भएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताबीच आज पार्टी एकताको विषयमा छलफल भएको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “पार्टी एकता, संयुक्त, मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी फागुन १५ गते चार पार्टीको बैठक बस्ने निर्णय लिइएको छ ।”

बैठकले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन र देशको सङ्कटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीबीचमा पार्टी एकता एवम् क्रान्तिकारी ध्रुवीकरणको निम्ति बहस, छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button