मुख्यमन्त्री रावलले आज विश्वासको मत लिनुहुने

सुर्खेत। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा गठन भएको रावल नेतृत्वको सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ।
सोही व्यवस्थाअनुसार रावलले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची छ।
मुख्यमन्त्री हुँदा रावललाई माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन थियो। यीमध्ये नागरिक उन्मुक्ति पार्टीले अहिले विश्वासको मत दिन नसकिने अडान राखिरहेको छ। प्रतिपक्षमा भने नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद हुनुहुन्छ ।
यदि रावलले आज विश्वासको मत पाउन सक्नुभएन भने सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्ने बाटो खुल्ने छ ।








प्रतिक्रिया राख्नुहोस्