तपाईँ सुन्दै हुनुहुन्छः

वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा छ : मन्त्री श्रेष्ठ

File Photo

सर्लाही । उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार सरकार राष्ट्रिय सहमतिको पक्षमा रहेको बताउनुभएको छ ।

‘पर्यटन प्रवर्द्धन तथा संस्कृति संवर्द्धन’को मूल नारासहित सर्लाहीको बागमतीमा आयोजित सातौँ राजर्षि जनककप फुटबल प्रतियोगिताको आज उद्घाटन कार्यक्रममा उहाँले राष्ट्रिय सहमतिका लागि बलियो वातावरण सिर्जना भएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले, सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना ठाउँमा भए पनि सबै राजनीतिक पार्टीहरू राष्ट्रिय एकता, शान्ति प्रक्रियाको काम पूरा गर्ने पक्षमा रहेको बताउनुभयो ।

वर्तमान सरकार आम नेपाली जनताले महसुस गर्ने गरी सामाजिक न्यायसहितको समृद्धि सिर्जना गर्न चाहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘नेपाली जनताले शिक्षा, स्वास्थ्य, रोजगारीसहितको समृद्धि दिन ढिलो गर्न हुँदैन ।’

उद्घाटन खेल जाउलाखेल युथ क्लबले एपिएफलाई १–० को अन्तरले पराजित गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button