सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले रावलले आज विश्वासको मत लिँदै
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने हुनुभएको छ ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम जिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज बिहान ११ः०० बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
नेकपा (एमाले)का रावल सत्ता साझेदार दल नेकपा(माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्