तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस चौतारी पुरस्कारबाट ३ जना पुरस्कृत

बागलुङ । प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट बागलुङका तीन जना पत्रकार पुरस्कृत भएका छन् ।

प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बागलुङ शाखाले ३ वर्षको पुरस्कारबाट तीन जनालाई पुरस्कृत गरेको हो ।

स्थापना दिवस तथा पुरस्कार वितरण एवं पुरस्कार घोषणा कार्यक्रममा विविध कारणवश रोकिएको २०७७ साल २०७८ साल र २०७९ सालको पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको थियो ।

२०७७ सालको प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष तथा कथालिका सम्पादक दिल शिरिष, २०७८ सालको पुरस्कारबाट जननिगरानी साप्ताहिकका खिमबहादुर कार्की र २०७९ सालको पुरस्कारबाट धौलागिरि एफएमका स्टेशन प्रमुख तथा प्रेस चौतारी गण्डकी प्रदेश उपाध्यक्ष उमाकान्त शर्मालाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत तीनै जना पत्रकारलाई जनही नगद १० हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको प्रेस चौतारी नेपाल बागलुङ शाखाका सचिव कमल पौडेलले जानकारी दिनुभयो ।

पुरस्कृत पत्रकारहरूलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य लिलाबहादुर थापा, एमालेका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य गोविन्द नेपाली लगायतले सम्मान गर्नुभएको थियो ।

सो अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले १ लाखको युवा पत्रकारिता पुरस्कारको घोषणा पनि गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button