यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालको पहिलो जित
काठमाडौँ । बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित दर्ता गरेको छ ।
ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले पहिलो जित निकालेको हो । नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् । कप्तान प्रिती राईको नाममा एक गोल रह्यो ।
भुटानको यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अब नेपालले अन्तिम खेलमा मङ्गलवार भारतसँग खेल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्