तपाईँ सुन्दै हुनुहुन्छः

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

आज बसेको पार्टीको केन्द्रीय सदस्य र सांसदहरूको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो ।

बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफू र आफ्नो पार्टीलाई दिएको एक÷एक भोटको महत्त्व राख्ने बताउनुभयो । 

बैठकले यद्यपि सरकारलाई दिएको समर्थन भने यथावत् राख्ने बैठकले निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button