तपाईँ सुन्दै हुनुहुन्छः

बाराबाट निर्वाचित स्वतन्त्र सांसद जसपा प्रवेश

काठमाडौँ । मधेश प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद सरदा शङ्कर प्रसाद कलवार जनता समाजवादी पार्टी, नेपाल प्रवेश गर्नुभएको छ । 

बारा जिल्लाको निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित कलवार जसपा प्रवेश गर्नुभएको हो । उहाँले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका बलवीर चौधरी र माओवादीका उम्मेदवार मोतीलाल कुश्वाहालाई पराजित गर्नुभएको थियो । 

उहाँ जनता समाजवादी पार्टी, नेपालबाट बागी उम्मेदवार बन्नु भएको थियो । मधेश प्रदेशका अर्थ तथा योजना मन्त्री सञ्जयकुमार यादव, मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादवले उहाँलाई पार्टी प्रवेश गराउनुभएको हो । 

यससँगै मधेश प्रदेशमा जसपाको सांसद संंख्या १९ पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button