परराष्ट्रमन्त्री डा.पौड्याल कोलम्बो प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गर्नुभएको छ ।
परराष्ट्र मन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेश्नल विमानस्थलमा श्रीलङ्काका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्नुहुनेछ ।
मन्त्री पौड्याल आज साँझ श्रीलङ्काका लागि नेपाली राजदूत वासुदेव मिश्रले आयोजना गर्ने रात्रि भोजमा सहभागी हुनुहुने छ ।
यस अवसरमा उहाँले श्रीलङ्कामा रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ ।
मन्त्री पौड्यालले भोलि शुक्रबार श्रीलङ्काका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने माघ २१ गते श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
मन्त्री पौड्याल माघ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्