बसको ठक्करबाट वृद्धको मृत्यु
सुनसरी । मोरङको उर्लाबारी नगरपालिका–३ थापा चौकस्थित स्कुल बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पञ्चायत मा.वि. पथरीको ना ६ ख ६१८२ नम्बरको स्कुल बसले ठक्कर दिँदा घाइते भएका पैदल यात्री स्थानीय ८० वर्षीय भिम बहादुर तामाङको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
घटनामा संलग्न बस र चालक पथरी शनिश्चरे नगरपालिका–९ का ३० वर्षीय अनिल दंगाललाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्