पाँचपोखरी थाङ्पाल गाउँपालिकामा बजार अनुगमन, अखाद्य वस्तु जफत गरी नष्ट

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले गाउँपालिका भित्रको बजार अनुगमन गरेको छ ।
वडा नम्बर १ देखि ८ सम्मका २ सय १२ पसलको अनुगमन गरी अखाद्य वस्तु जफत गरेर नष्टसमेत गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।
गाउँपालिकाले अखाद्य वस्तु नभित्रियोस् भनेर सीमा नाका खाल्डेखोलामा चेकजाँच गर्ने गरेको छ ।
अध्यक्ष लामाले सामान किन्दा गुणस्तर हेर्ने बानी बसाल्न उपभोक्तालाई आग्रह गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्