तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद (डिपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ ।

शुक्रबार राति बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले श्रममन्त्री समेत रहनुभएका उपसभापति अर्याललाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रवक्ता मुकुल ढकालका अनुसार बैठकले सभापति रवि लामिछानेको नागरिकताको सम्बन्धमा सर्वोच्चले गरेको फैसला मानेर अघि बढ्ने निर्णय गरेको छ । बैठकले संसदीय दलको नेता पनि अर्याललाई नै बनाउने निर्णय भएको छ ।बैठकमा रवि लामिछाने उपस्थित हुनुभएन ।


शुक्रबार सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै लामिछाने सांसदबाट पदमुक्त हुने फैसला गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button