तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा महिला टी–२० क्रिकेट

बैतडी I शहीद दिवसको पूर्व सन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालित  नगरस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।

मङ्गलबारदेखि परेको वर्षाले मङ्गलवार र बुधवारका चार वटा खेल अवरुद्ध भएका थिए । अवरुद्ध खेल आजदेखि खेलाउन थालिएको प्रतियोगिता संयोजक वीरसिंह बोहराले जानकारी दिनुभयो । आज दशरथचन्द नगरपालिका–२ देहिमाडौँ र दनपा–५ दशरथ चन्द तथा दनपा–१० बाराकोट र दनपा–११ नागार्जुन भिड्दै छन् ।

दशरथचन्द नगरपालिकाको वार्षिकी कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । नगरका सात टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले रु २५ हजार तथा  उपविजेताले रु १५ हजार प्राप्त गर्ने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button