प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन
सुनसरी । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले भिडियो कन्फरेन्सद्वारा जिल्ला प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख तथा इलाका प्रहरी प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

भिडियो कन्फरेन्स मार्फत् प्रदेश प्रहरी प्रमुख ज्ञवालीले समाजमा शान्ति सुरक्षा कायम राख्न सदैव चुस्त दुरुस्त भई परिचालन हुन प्रहरीलाई निर्देशन दिनुभयो ।
निर्देशनको क्रममा उहाँले अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सीमावर्ती अपराध नियन्त्रणमा अहोरात्र खटिन तथा आम नागरिकहरूमा सचेतना अभिवृद्धि गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्