तपाईँ सुन्दै हुनुहुन्छः

उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । 

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली काँग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार हुनुहुन्छ ।

रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा ९एमाले० का कृष्णगोपाल श्रेष्ठ, नेकपा९माओवादी केन्द्र०का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन हुनुहुन्छ ।

यादवको प्रस्तावकमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा  नेकपा ९एकीकृत समाजवादी०का मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ । 

बैठकमा दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले आ–आफ्ना  पक्षका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नुहुनेछ । दलीय रुपमा संसद्मा प्रतिनिधित्व रहेका दलका नेताले पनि मन्तव्य राख्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button