गण्डकी प्रदेसको छाप र नाम परिर्वतर्न गर्ने निणर्य
कास्की ।गण्डकी प्रदेश सरकारले सरकारी कागजात, लेटरप्याड, साइनबोर्ड तथा छापमा प्रयोग हुने नाम परिवर्तन गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को मंगलबारको बैठकले लेटरप्याड, छाप तथा बोर्डमा गण्डकी प्रदेश सरकार राख्ने निर्णय गरेको सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिनुभयो ।
‘प्रदेश मन्त्रालय र मातहतका कार्यालयमा प्रयोग हुने लेटरप्याड, साइनबोर्ड तथा छापमा एउटै ढाँचा नभएको, कतै प्रदेश मन्त्रालय र कतै गण्डकी प्रदेश भएकाले यसलाई एकरुपता ल्याउन गण्डकी प्रदेश सरकार लेख्ने निर्णय मन्त्रीपरिषद बैठकले निणर्य गरेको छ ।
यो निर्णयसँगै प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश, पोखराको स्थानमा अब गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, पोखरा लेखिन्छ ।
साथै रिक्त रहेको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विनोदविन्दु शर्मालाई नियुक्त गरिएको प्रवक्ता सुन्दासले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्