तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको सेमिफाइनल समीकरण पूरा

सुनसरी । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

इटहरीमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । मधेशले लुम्बिनीलाई १६ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

समूह ए बाट सुदूरपश्चिम र एपीएफ क्रमशः विजेता र उपविजेताका रुपमा सेमिफाइनल पुग्दा समूह बी बाट प्रदेश १ विजेता र मधेश प्रदेश उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन ।

दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछ ।

बुधबार नै सम्पन्न दोस्रो खेलमा बागमती प्रदेशले सान्त्वना जित निकालेको छ । लगातार २ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको बागमतीले बुधबार गण्डकी प्रदेशमाथि ३७ रनको जित दर्ता गरेको हो । गण्डकी प्रदेश भने सबै खेलमा पराजित हुँदै बाहिरिएको छ । समूह ए को यो समूहबाट सुदूरपश्चिम शत प्रतिशत जितका साथ सेमिफाइनल पुग्दा एपीएफ उपविजेताको रुपमा पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button