तपाईँ सुन्दै हुनुहुन्छः

भौतिक विकासले मात्र मानिव जातिको रक्षा हुन सक्दैन : प्रधानमन्त्री प्रचण्ड

आध्यात्मिक र मनोवैज्ञानिक रूपमा सबल हुन सके मात्र मानव जीवन सार्थक बनाउन सकिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योगलाई आत्मसात् गर्नसके मानिसहरू खुसी हुन सक्ने बताउनु भएको छ । आठौँ राष्ट्रिय योग दिवसका आवशरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भौतिक विकासले मात्र मानिव जातिको रक्षा गर्न नसक्ने बताउनुभयो । उहाँले भौतिक सँगै आध्यात्मिक र मनोवैज्ञानिक रूपमा सबल हुन सके मात्र मानव जीवन सार्थक बनाउन सकिने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले योग शिक्षा र साधनालाई विद्यालय स्तरबाटै प्राथमिकता दिन आवश्यक रहेको बताउनुहुँदै अब सरकारले यस्का लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पछिल्लो समय विभिन्न किसिमका भाइरसहरूको उत्पत्ति भइरहेको सन्दर्भमा रोगलाई रोक्ने सर्वोत्तम उपाय पनि योग हो भन्ने कुरा भुल्न नहुनेमा उहाँले जोड दिनुभयो । ‘मैले संसारका विकसित भनिएका मुलुकहरूसमेत भौतिक रूपमा सम्पन्न भए पनि मनोवैज्ञानिक रूपमा तनावमा भएको देखेको छु। त्यसैले हामीलाई भौतिक सम्पन्नताले मात्र पुग्दैन, मानसिक र मनोवैज्ञानिक रूपमा स्वस्थ रहन पनि योग र ध्यान अति आवश्यक छ।’ प्रधानमन्त्रीको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button