तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभाको सभामुखमा  पाठक निर्वाचित

काठमाडौँ । बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित हुनुभएको छ । 

प्रदेशसभामा आज भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्नुभएका पाठक सभामुख पदमा निर्वाचित हुनुभएको हो । उहाँले ६२ मत प्राप्त गर्नुभएको प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । 

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराज अधिकारीले ३६ मत प्राप्त गर्नुभएको थियो भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सिर्जना सैजुले तीन मत प्राप्त गर्नुभएको थियो । बैठकमा कूल एक सय १० सदस्यमध्ये एक सय नौ सदस्य उपस्थित रहनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button