तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार र अनियमितताका सूचना माग्नेहरू बढे : आयोग

file photo

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले भ्रष्टाचार र अनियमितताका सूचना माग्नेहरू बढेको जनाएको छ । 

आयोगको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयुक्त कमला ओलीले पछिल्लो समय स्थानीय तहमा भएका आर्थिक क्रियाकलापको सूचना माग बढी हुने गरेको जानकारी गराउनुभयो ।

यो वर्ष मात्रै आयोगमा  ५ सय ४८ उजुरी परेकोको जानकारी दिँदै आयुक्त ओलीले अस्कल क्याम्पसभित्रको अनियमितताको सूचना दिएबापत निष्कासनमा परेका उपप्राध्यापक रविन्द्र महतलाई पुर्नवहाली गर्न आयोगले आदेश दिएको पनि जानकारी दिनुभयो ।

पछिल्लो समय मधेश प्रदेशमा सूचनादाता असुरक्षित हुने गरेको आयोगले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button